मंगलबार ०३ जेठ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवा विहीबार राति आठ बजे बालकोट पुगेका छन् ।

आज बसेको गठबन्धनको बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसदमै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले संसद्मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्नै नमिल्ने अडान लिएका थिए ।
News 24 bata


Last Updated on: February 18th, 2022 at 6:29 am
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया