मंगलबार ०३ जेठ २०७९

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।
दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भावना अन्त्य भएको छ । गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली भेट्न ओली निवास बालकोट पुगे । गठबन्धनको बैठकमा के–के भयो ? के भोलिको छलफलमा सहमति जुट्ने सम्भावना छ ? रातोपाटीले बिहीबारको बैठकपछि गठबन्धन कायमै रहन्छ या टुट्छ ? सरकारबाट तपाईहरु बाहिरिनुहुन्छ या बसिरहनुहुन्छ भनेर बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई सोधेको छ ।
Ratopati bata


Last Updated on: February 18th, 2022 at 6:45 am
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया