मंगलबार ०३ जेठ २०७९

रुपन्देही,।

नेकपा एमालेको पोलिटव्यूरो सदस्य, राष्ट्रिय युवा संघका इन्चार्ज, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना गर्ने प्रकृति हैसियतसमेत नभएको दावी गर्नुभएको छ । मुलुक र नेपाली जनताको लागि राष्ट्रिय समस्या माओवादीका अध्यक्ष प्रचण्ड भएकाले प्रचण्डले नेतृत्व गरेको पार्टी माओवादीलाई दिउँसै टर्च लगाएर खोज्नुपर्ने अवस्था आएको नेता बस्नेतले उल्लेख गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाल, सियारी गाउँपालिका रुपन्देहीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओावदी, नेकपा एस, जसपा तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै पाँचवटा लड्डु एकै पटक खाना खोज्दा अड्कीएर माधव नेपाल र प्रचण्ड सडकमा पच्छारिएको दावी गर्नुभयो । मुलुक अब एमालेको वरिपरिमात्र घुम्न सक्ने अवस्था बनेको उल्लेख गर्दै नेता बस्नेतले माधव तथा प्रचण्ड जस्ता सडे गलेका नेता तथा पार्टीलाई बोकेर निर्वाचन तथा सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधव नेपालको जनताको माझमा अस्थित्व समाप्ती हुँदै गएको छ । पाँच वटा लड्डु एकै पटक खान खोज्दा अड्कीएर माधव र प्रचण्ड सडकमा पच्छारिएका छन् । एमसीसीले गर्दा गठबन्धन टुटेसँगै माधव प्रचण्ड सडक छाप हुनेछन् । प्रधानमन्त्री शेरबहादुर एक्लदै छन् । देउवाको अब दुई वटा विकल्प रहेको जसमा पहिलो विकल्प संसद विघटन गरी अर्ली एलेक्शन र दोस्रो एमालेसँग सत्ता सहकार्य । एमाले सडे गलेकाहरुलाई बोकेर सरकारमा जाँदैन ।

प्रचण्ड र माधव जस्ताको पार्टी सडेगलेका पार्टी बोकेर एमाले सरकारमा जाँदैन । प्रचण्ड त अब मुलुक र जनताको नजरमा निर्वाचनको समयमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना समेत हुने नसुहाउने बनेका छन् । त्यसैले अबको मुलुक नेकपा एमाले वरिपरि घुम्ने छ । जनता र मुलुकको लागि प्रीय पार्टी बननेछ ।’

एमालेको विरुद्ध विच्छ्याइएको सवै एम्बुसहरुलाई निस्तेज पार्ने छ, एमलोलाई सामाप्त पर्नेहरुलाई उल्टै आफैले थापेको एम्बुसमा पर्ने उल्लेख गर्दै नेता बस्नेतले एमसीसीको बारेमा प्रचण्ड र माधवको एम्बुस उनीहरुको विरुद्धमा नै पड्कने उल्लेख गर्दै उहाँले एमसीसीमा एमालेले भोट हाल्नुपर्ने अनि उनीहरु एमालेकै विरुद्ध लाग्ने अवस्था बन्न एमालेले नदिने स्पष्ट पार्नुभयो ।

अमेरिकालाई पत्र लेख्ने प्रचण्डको खोक्रो राष्ट्रवादको खोल उत्रिएको उहाँले उल्लेख गर्नुभयो । एमाले जस्तोसुकै आरोह र अवरोहलाई पन्छाउँदै एमाले अगाडी बढ्ने उल्लेख गर्दैै एमाले कुनै वर्षा यामको खहरे भेल जस्तो नभई अविरल बग्ने नदी जस्तै भएको उल्लेख गर्नुभयो ।

देश चलाउन सकेनौं भनेर कांग्रेसले हात उठाएपछि एमालेले मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्ने उल्लेख गर्दै नेता बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले माओवादी, जसपाले आफ्नो सांसदलाई कारवाही गर्दा सदर गर्ने र एमालेको कारवाही बदर गरि माओावदीको कार्यकर्ता जस्तो बनेको आरोप लगाउनुभयो ।

सरल रेखामा हिड्न खोजेको नेपाललाई गठबन्धनको सरकारले बक्र रेखामा हिडाउन खोजेको आरोप लगाउँदै उहाँले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवरालाई लगाईएको महाअभियोगको बहानामा देशलाई अन्धकारको यात्रामा अगाडी बढेको बताउनुभयो । बहाना महाअभियोग तर तिर अर्कै तिर भएको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनको सरकारले महाअभियोगको बहानामा स्थानीय तहको निर्वाचन नगर्ने खेलमा रहेको बताउनुभयो । सर्वोच्च अदालतले हिजो मात्र स्थानीय तहको निर्वाचन नगराउने खेल शुरु गरेको उल्लेख गर्दै गठबन्धनका यस्ता षड्यन्त्रहरुलाई एमालेले एक एक गरेर पन्छाउने दावी गर्नुभयो ।

आफै सरकारमा बस्ने, सरकारको सेवा सुविधा लिएर आफ्ना कार्यकर्तालाई आफै सडक आन्दोलन गर्न निर्देशन दिने माधव र प्रचण्डले आफै धामी, आफै झाँक्री र बोक्सी पनि आफै भएको प्रमाण देखाएको बताउनुभयो । माओवादी र नेकपा एसले एमसीसीविरुद्धको नक्कली राष्ट्रवाद लिएर सडकमा जाने घृणित कार्य गरिरहेको उल्लेख गर्दै उहाँले गठबन्धनका षड्यन्त्रहरु एमालेले राम्रैसँग बुझेको र त्यसलाई सहजै निष्तेज पार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले भेडा चोरेर ल्याउने, भेडा काट्ने तपाई अनि भेडाको मासु खाने तपाई अनि भेडाको छाला एमालेलाई लगाई दिएर जनतामा भ्रम छरेर अगाडी बढ्ने योजना एमाले तथा अध्यक्ष केपी शर्मा ओलीले सहजै रुपमा असफल बनाउनुहुनेछ । एमसीसीमा नक्कली राष्ट्रवादको खोल ओडेर जनतालाई प्रचण्ड र माधवले झुक्याउन नखोजे हुन्छ । प्रचण्ड र शेरबहादुर देउवाले एमसीसीलाई लेखेको पत्रबाट जनताले प्रष्ट बुझेका छन् कि प्रचण्डको राष्ट्रवादको नक्कली खोष्टो उदाङ्गीएको छ ।’

एमालेले युवाहरुलाई स्वार्थ अनुरुप प्रयोग नगर्ने उल्लेख गर्दै उहाँले युवाहरुलाई पार्टीले अनुभव, क्षमता र आवश्यकताका आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो । एमालेले युवालाई नेतृत्व विकास, समाजिक कार्य, प्रगतिशिल गतिविधिमा संलग्न गराउने, योग्य र क्षमतालाई सम्मान गर्ने गरेको उल्लेख गर्दै उहाँले कांग्रेस तथा माओवादीले युवाहरुलाई दुरुपयोग गरिरहेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवाहरुलाई बन्दुक बाकाइयो, हत्या गर्न लगाईयो, अपराधिक गतिविधिमा लगाईयो, लुट्न लगाईयो । माओवादीले युवालाई ध्वस्त नै बनायो । कांग्रेसले संगठनलाई निष्कृय बनाई प्रयोगको साधन मात्र बनाएको छ । कांग्रेसले आफ्नो ठूलो पार्टी रहेको युवाहरु रहेको पार्टी भन्ने गरेता पनि उक्त कुरा ‘यो त भन्ने कुरा न हो’ भन्ने गीत जस्तो मात्र हो । कांग्रेसले युवाहरुलाई झुक्याइरहयो । कांग्रेसले युवालाई दुरुपयोग गर्यो । विचार र भिजन विहिन बनायो । युवाहरु एमालेमा छन् ।

एमालले आवश्यकता अनुसार नेतृत्व प्रदान गरी मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्न लगाउने गरेको छ । त्यस्तै मुलुकभरका युवाहरु एमालेमा छन्, अरु पार्टीको त छन् भन्ने र सपना बाँढ्ने मात्र हो । निर्वाचन र विशेष परिस्थितीमा मात्र युवालाई प्रयोग गर्ने नभई पार्टीको मेरुदण्डको रुपमा एमालेले युवालाई अगाडी बढाएको छ ।’


Last Updated on: February 18th, 2022 at 12:11 pm
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया