
नेपाली कांग्रेसकी ।
नेता एवं सांसद सुजाता कोइरालाले एमसीसी परियोजना अनुदान भएकाले यसलाई स्वीकार्नुपर्ने बताएकी छन्।पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले नेपालमा ठूला परियोजना ल्याउन नदिने एउटा समुदाय रहेको पनि टिप्पणी पनि गरिन्।
उनले नेपाललाई कसैले कब्जा गर्न नसक्ने समेत बताइन्।नेपालमा एउटा समुदाय छ। ठूला परियोजना ल्याउनै दिँदैन। यो अनुदान हो, लिनुपर्छ’, मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भनिन्, ।‘
नेपालले आजसम्म धेरै देशबाट सहयोग लिएको छ। कसैले कब्जा गरेको त छैन। नेपाललाई कसैले कब्जा गर्न सक्दैन। हामी कब्जा गर्न पनि दिँदैनौं।एमसीसीबारे अहिले गलत प्रचार भइरहेको उनको भनाइ छ। नेपालमा कुनै पनि दल एमसीसीविरुद्ध नरहेको पनि उनको दाबी छ।
News 24 Express ma xa