बुधबार ०४ जेठ २०७९

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पन्न हुँदै आएको नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राखेका छन् । सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो राष्ट्रको जमिन सानो राष्ट्रकोमा पस्यो भने फरक नपर्ने बताए ।

‘ठूलो राष्ट्रको जमिन पनि ठूलो नै छ । जनसंख्या पनि धेरै छ । त्यसो भएको हुनाले ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै–थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन,’ उनले भने, ‘सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।’.उनका अनुसार सानो राष्ट्रको जमिन ठूलो राष्ट्रकोमा पस्यो भने सानोको हालत खराब हुन्छ ।

सीमा विषयमा भारतका नेतृत्वकर्ता र बुद्धिजीवीले बुझ्न जरुरी रहेको पनि प्रचण्डको भनाइ छ । उनले भने, ‘यो सेन्सिटिभीटिलाई पनि भारतीय नेतृत्व र बुद्धिजीवले गहिरो गरि समीक्षा गर्नुपर्दछ । त्यसो गर्दा हाम्रो सम्बन्ध (सीमाना) का समस्या समाधान गर्न सक्छ । त्यसैले समाधान गर्न नसकिने छैन ।’

प्रचण्डले अगाडि भने, ‘हामी मिल्नुको विकल्प छैन । सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

अध्यक्ष प्रचण्डले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा नराम्रा लाग्ने भन्दै बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् । तर, बुद्धले बुद्धत्व भने भारतको बोधगयामै पाएको प्रचण्डले सत्यता बताए । अध्यक्ष प्रचण्डले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन भारत सकारात्मक रहेको तर, माओवादी ‘जनयुद्ध’मा भारतको कुनैपनि प्रकारको सहयोग नरहेको स्पष्ट पारे ।

विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् ।

यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा छन् । तिनलाई नसच्चाईकन संसद्बाट अनुमोदन गर्नुहुँदैन । त्यसैले एमसीसीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा चिन्तित हुनुपर्ने कारण छैन । उहाँसँग त्यसलाई कुन ऐन अन्तरगत संसद्मा लैजाने भन्ने गेट पास नै छैन ।”

अब हामीले समाजवाद लेखेको संविधान मान्ने कि अमेरिकाको उदार लोकतन्त्र ? अमेरिकी कानुन कस्तो छ, कस्तो बन्छ, हामीले कसरी मान्ने ? अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ हामीलाई थाहा छैन । उसका ८० देशमा ८०० सुरक्षा पोस्ट छन् । कतै अमेरिकी सुरक्षा छाताभित्र राख्न खोजिएको त होइन ? यसबारे अमेरिकाका कुनै व्यक्तिले बोलेर हुँदैन, सम्झौताका प्रावधानले बोल्नुपर्यो ।”

एमसीसी पास गर्छु भनेर कसैले धमास दिन नहुने उनले बताए । नेता खनालले भने, “राजतन्त्र खुइलिएर गइसक्यो । अब म होइन, हामी भन्नुपर्यो । कसैले धमासका कुरा गर्नुहुँदैन । यस्ता मुद्दामा बहुमत, अल्पमत होइन, राष्ट्रिय सहमति बन्नुपर्छ ।दैनिक न्युज नेपाल बाट


Last Updated on: February 21st, 2022 at 6:56 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया