बुधबार ०४ जेठ २०७९

अमेरिकी सहयोग परियोजनाका कट्टर समर्थक डा. बाबुराम भट्टराईको बोली फेरिएको छ । नेपालमा एमसीसी ल्याउँन पहिलो पटक पहल गर्ने पूर्वप्रधानमन्त्री एवं जनता समाजावादी पार्टीका अध्यक्ष डा बावुराम भट्टराईले संसदमा टेबुल भइसकेको विवादित अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा फरक धारणा राखेका हुन् ।

सुरु देखीनै एमसीसी पास गराउँन दिलो ज्यानले लागेका र केहि समय अघि एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएका बेला कुटनितिक मर्यादा समेत ख्याल नगरी फतिमा बसेकै होटलमा गएर दर्शनभेट गरेका भट्टराईले सामान्य बहुमतले मात्रै एमसीसी पारित गर्दा गारो हुने मत राखेका छन् ।

एमसीसीमा अब वार की पार गर्ने गरि संसदमै टेबुल भइसकेको अवस्थामा भट्टराईले दुई वटा विकल्प अघि सारेका छन् । सामान्य बहुमतले मात्रै पास गर्दा सर्वस्विकार्य नुहुने र यो विन्दुमा आइपुगेर पास नगर्दा पनि देश ठूलो सामरिक द्धन्द्धमा फस्ने सक्ने उनले भनेका छन् ।

अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन ।

पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली काँग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन ।

भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्( नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा काँग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् ।

भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री÷बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो १ अर्को बाटो छैन १
Galaxy 4k


Last Updated on: February 23rd, 2022 at 12:55 pm
६२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया