
साउदी अरब : आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले सेवा लिएका छन् ।
राष्ट्रिय समन्वय परिषद् एनआरएनए (एनसीसी)द्वारा आयोजित शिविरमा नेपाली श्रमिक लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए । गैर कानुनी रूपमा रहेका श्रमिकहरूलाई लक्षित गरी सञ्चालन भएको
उक्त शिविरमा नेपाली श्रमिकको आँखा जाँच,कोल्स्ट्रोल, किड्नी ब्लड प्रेसर, सुगर तथा युरिक एसिडको निःशुल्क परीक्षण गरिएको अध्यक्ष यादवले बताए । शिविर साउदी अरेबियाको हाइलमा रहेको अल नूर मेडिकल कम्प्लेक्स हल सिटी सेन्टरमा आयोजना गरिएको थियो।
नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एनआरएनएले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। -खबर हब मा समाचार छ ।
थप समाचार, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सङ्घीय संसदको तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ ।
वि.सं. २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको एमसीसी सम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ प्रस्तुत गरेका थिए ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने सहमति बनेको थियो । Dharan Daily