मंगलबार ०३ जेठ २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले दोहोरो तनावमा छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर प्रचण्ड दोहोरो तनावमा परेका हुन् ।

सोमवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको छलफलपछि तनावका विच एउटा प्रस्ताव राखेका थिए । प्रचण्डले भनेका थिए, ‘गठबन्धन रहन्छ र एमसीसी प्रक्रियाबाट टुंगो लाग्छ ।’

व्यापक चासो, चर्चा र दबाब मिसिएको एमसीसी सम्झौता संसद्मा पेश भएपछि कांग्रेस नेता पौडेलले गठबन्धनमा एमसीसी यथास्थितिमा पास गर्न नहुने पक्षमा रहेका दलका शीर्ष नेताहरू प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई भेटेर एमसीसी अनुमोदन गर्न र गठबन्धन पनि जोगाउन भनेका थिए ।

जवाफमा प्रचण्डले पौडेललाई एमसीसी संसदीय प्रक्रियाबाट टुंगो लाग्ने र गठबन्धन पनि जोगिने बताएका थिए । तर, प्रचण्डले भने जसरी गठबन्धन र एमसीसीको सहज अवतरण असम्भव देखिएको छ ।

गठबन्धन पनि जोगिने र एमसीसी पनि अनुमोदन हुने अवस्थाका लागि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका लागि तयार हुनुपर्छ वा गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस एमसीसी अनुमोदन नगराउन सहमत हुनुपर्छ ।


Last Updated on: February 23rd, 2022 at 1:58 pm
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया