बुधबार ०४ जेठ २०७९

अमेरिकी सहायता परियोजना एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौताविरुद्धको आन्दोलनमा प्रहरी जोगाउँदा तो’डफोडमा परेको पसललाई क्ष’तिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने भएको छ ।

फागुन ८ गते एमसीसी संसदमा टेबल भएको दिन प्रदर्शनकारीले लखेटेपछि प्रहरी बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिक पसलभित्र छिरेका थिए ।

त्यसक्रममा आन्दोलनकारीले उनको पसलमा तोडफोड गरेका थिए । तोडफोडबाट क्ष’तिग्रस्त पसलमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली पुगेर जानकारी लिएका छन् । प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तो’डफोड गरेका थिए ।

पसल तोडफोड भएपछि के गर्ने, कसो गर्ने ? भन्ने भेउ पाउन नसकेको तर, प्रजिअ अधिकारी र एसएसपी गिरी आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको जानकीले बताइन् ।

उनले अझै पनि आन्दोलनकारीले आफूलाई टर्चर दिने गरेको सरकारी अधिकारीहरूसँग बताइन् । प्रजिअ अधिकारी र एसएसपी गिरीले आफ्नो ज्यान जो’खिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद दिए ।

एसएसपी गिरीले प्रहरीलाई कहाँ राखेर जोगाएको भनेर जिज्ञासा राखेका थिए । जवाफमा जानकीले पुलिसभित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फु’टाउन थालेपछि पछाडितर्फको गोदाममा लगेर लु’काएको बताइन् ।

उनले ६ जना प्रहरीलाई आफूले लु’काएर बचाएको जानकारी गराइन् । आफूले प्रहरीको ज्यान जोगा’उन पाएकोमा गर्व लागेको उनको भनाइ थियो ।

एसएसपी गिरी र काठमाडौंका प्रजिअ रिजालले जानकीलाई तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने आश्वासन दिए ।

सीडीओ रिजालले भने, ‘प्रहरीले उठाएको पसलको मुचुल्का अनुरुप हामीले गृह मन्त्रालयसँग क्ष”तिपू’र्तिका लागि प्रस्ताव गर्छौं ।’


Last Updated on: February 23rd, 2022 at 7:06 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया