बुधबार ०४ जेठ २०७९

काठमाडौं।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उनकी छोरी भरतपूर महानगरपालिकाकी मेयर रेणु दहाललाई कडा जवाफ दिएका छन् ।

अघिल्लो पटकको स्थानिय तहको निर्वाचनमा एमालको तर्फबाट भरतपूर महानगरपालिकाको मेयरको उमेदवार समेत रहेका ज्ञवालीले आफुलाई त्यसबेला पनि जाली ,झेली र षड्यन्त्रमूलक ढंगले हराइएको स्मरण गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा रेणु र प्रचण्ड प्रति निकै खरो टिप्पणी गरेका ज्ञवालीले पार्टीले अघि सारे फेरी पनि चुनावी मैदानमा प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन् । सरकारले स्थानिय तहको निर्वाचनको मिती तोकिसकेको सन्दर्भमा ज्ञवालीले पार्टीले लड भने चुनाव लड्न तयार भएको बताएका छन् ।

अघिल्लो पटक माओवादीका कार्यकर्ताले मतपत्र च्याते पछि भरतपुर महानगर पालिकाको प्रकरण निकै पेचिलो बनेको थियो । एमाले नेता ज्ञावलीले आवश्यक पर्यो भने रेणु दहाल मात्रै होइन उनका बा सँग पनि चुनाव लड्न तयार भएको भनेका छन् ।

आफु पहिले पनि सांसदको पनि निर्वाचन लडेको र महानगरको मेयरको पनि चुनाव लडेको स्मरण गराउँदै पार्टीले मैदानमा पठायो भने सामना गर्न तयार रहेको उनले भनेका छन् । आफुले मात्रै चुनाव लड्छु भनेर भन्न नमिल्ने भन्दै उनले पार्टीले निर्णय गरेमा भने स्विकार्य भएको बताए ।

एमालेमा व्यक्ति भन्दा पार्टी महत्वपुर्ण हुने भन्दै ज्ञवालीले देशैभरीको अधिकांश स्थानिय तहमा निर्वाचन जित्ने गरि एमालेले तयारी गरिरहेको बताएका छन् । पहिले जितेको भन्दा पनि बढि सिट ल्याएर एमालेले स्थानिय तहहरुमा आफ्नो दबदवा कायम राख्ने दाबी पनि उनले गरेका छन् ।

मेयरमा दोहोरिन रेनुलाई भरतपुरबासीको दवाव भन्छन तपाईजस्तो नेता अरु कोहि छैन
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनताले आफ्ना जनप्रतिनिधिबारे चासो बढाएका छन्।सरकारले निर्वाचनको मिति तोकेपछि आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेद्वार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेद्वारबारे आफ्नो अभिमतसमेत राख्न थालेका छन्।

आगामी वैशाख ३० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा देशभरिबाट झण्डै २९ हजार जनप्रतिनिधिका लागि लाखौं उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन्।सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचनको घोषणा गरेपछि दलहरूसमेत निर्वाचनको आन्तरिक तयारीमा लागेका छन्।

निर्वाचनको घोषणासँगै दलहरू निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेका छन् भने मतदाताहरू आफ्नो स्थानीय तहमा को–को उम्मेद्वार बन्लान् भन्ने चासो व्यक्त गर्न थालेका छन्।मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाबकिताबसमेत गर्न थालेका छन्।

अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धताअनुरूप काम गर्न नसकेको मतदाताको गुनासो छ। तर, भरतपुरको माहौल भने त्यसभन्दा पृथक देखिएको छ।

स्थानीय तहका निर्वाचनमध्ये देशका महानगरबारे चर्चा हुनु स्वाभाविक छ। देशका ६ वटा महानगरमध्ये साँढे चार वर्षको अवधिमा कुन महानगरले के प्रगति ग¥यो ? यो प्रश्न आम देशबासीको साझा प्रश्न बन्ने गरेको छ।

देशको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने महानगरहरूको विकासको स्थिति हेर्दा भरतपुरबाहेक कुनै पनि महानगरले प्रभावकारी भूमिका खेल्न सकेका छैनन्।

भरतपुर महानगर कार्यसम्पादनका दृष्टिले हरेक वर्ष देशको उत्कृष्ट महानगरमा छनोट हुँदै आएको छ। त्यसको नेतृत्व गरेकी छिन् – माओवादी केन्द्रीय सदस्य रेनु दाहाल। ललिलपुर महानगरले भरतपुरलाई पछ्याउन खोजे पनि अपेक्षित प्रगति देखिएको छैन।

अरू महानगरहरूले नगरबासीलाई खास सन्तुष्ट दिन सकेको देखिँदैन। विराटनगर र वीरगञ्जका मेयरहरू सक्रिय नै देखिए पनि परिणाममुखी नजिता देखिएको छैन। काठमाडौं र पोखराका मेयरहरू भने अत्यन्तै सुस्त गतिमा अघि बढिरहेका छन्।

महानगरका मेयरहरूको कार्य सम्पादन कमजोर देखिएका बेला भरतपुरका मेयर रेनु भने अब्बल देखिएकी छिन्। साँढे चार वर्षको अवधिमा भरतपुरमा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गरेको छ।

आफ्नो पार्टीका समर्थकले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरूका नेता–कार्यकर्ताले समेत भरतपुर फेरि एकपटक रेनु दोहोरिनुपर्ने मत राखिरहेका छन्।

रेनुले फेरि मेयरमा दोहोरिनुपर्ने भन्दै उनीमाथि भरतपुरबासीले दवाव बढाएका छन्। लाभका पदमा खास रूचि नराख्ने स्वाभावकी रेनुलाई आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूले दवाव दिइरहेका छन्।निर्वाचनको घोषणापछि माओवादी समर्थक मात्र नभएर भरतपुरको बौद्धिक एवं सामाजिक जनमतसमेत रेनु दोहोरिनुपर्ने पक्षमा देखिन्छ।

मेयर रेनुको कार्यकालमा भरतपुरमा उल्लेख्य काम भएका छन्। चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन छ।त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न रेनुकै नेतृत्व आवश्यक रहेको भरतपुरबासीको अभिमत छ। News parda bata


Last Updated on: February 24th, 2022 at 11:58 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया