बुधबार ०४ जेठ २०७९

काठमाडौँ । मिनेकमिनेटमा नेपाली राजनीतिको सिनारियो चेन्ज भइरहेको छ । आजको बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।

लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली भेट्न संसद भवनस्थित एमाले संसदीय दलको कार्यालय पुगे ।

ओली-प्रचण्डबीच वान टू वान भेटपछि अहिले एमाले र माओवादीका शीर्ष नेताहरूसहितको छलफल जारी छ ।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल छन् । त्यस्तै माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।

एमसीसीलाई लिएर कांग्रेससँगको गठबन्धन भत्किन आँटेका बेला प्रचण्डले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव दोस्रो तहका नेताहरूमार्फत पठाएका थिए ।

यो भेटमा प्रचण्डले उक्त प्रस्तावमाथि ओलीलाई आश्वस्त बनाउने कोसिस गर्ने ठानिएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए ।

उनले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि भएको बताए ।

सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताए ।

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले साथ नदिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँगको छलफल तीव्र पारे ।

एमसीसीकै कारण आज बिहीवारको संसद् बैठक अन्तिम समयमा स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमै प्रधानमन्त्री देउवाले ओलीसँग अरू नेतासहित संयुक्त र एक्ला एक्लै छलफल गरेका हुन्।

दिउँसो २ बजे सुरु भएको छलफल बेलुकी झन्डै ५ पाँच बजेसम्म चलेको छ । सुरुका दुई घण्टा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो भने एक घण्टा ओलीसँग एक्ला एक्लै छलफल गरेका थिए ।

प्रतिनिधि सभा टेबल भएको एमसीसीको पक्षमा मतदान नगर्ने माओवादी र एकीकृत समाजवादीको निर्णयपछि देउवाले बरु गठबन्धन भत्कियोस् तर एमसीसी पास गरेरै छाड्ने अडान लिएका छन् । पछिल्ला केही दिनका सङ्केत हेर्दा एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न सक्ने आँकलन भइरहेको छ ।
Galaxy khabar ma xa yo news


Last Updated on: February 25th, 2022 at 10:35 am
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया