मंगलबार ०४ माघ २०७८

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने दाबी गरेका छन।

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन ।

मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए ।

उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाडै प्रक्रिया अगाडी बढ्न सक्ने बताएका छन।

मन्त्री शर्माले भने, सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्।

कार्यविधि र मुल्याङकनको काम अगाडी बढाउन प्रेस सेन्टरले बातावरण बनाउनु पर्छ । यो कामको सुरुवात गर्न पे्रस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’

अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताए। उनले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्तिप्रक्रिया देखि आजसम्मको स्थितीमा आएको बताए।

मन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको बताए।दैनिक न्युज नेपाल बाट


Last Updated on: November 30th, 2021 at 9:09 am
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया