मंगलबार ०३ जेठ २०७९

एमसिसी संसदमा टेबल गर्ने बेला स्वास्थ्यका कारण देखाउदै अनुपस्थित रहेका अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले एमसिसी पास नहुनेमा ढुक्क रहेको बताएका छन् ।

बिहिबारको संसद बैठकमा एमसिसीबारे छलफल हुने भए पनि उनी संसदमा उपस्थित नहुने भएका छन् ।

उनी पर्वत उद्योग वाणिज्य संघको ११औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा सहभागी हुन पर्वत गएका छन् ।

संसद बैठक चलुन्जेल शर्मा पर्वतमै रहनेछन् ।

अर्थमन्त्री शर्माले एमसिसी संसदीय पक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुङ्गो लाग्ने बताएका छन् ।

उनले पर्वत माओवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने “तपाईहरु ढुक्क हुनुस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौं ।”
जयदेश ma xa yo news


Last Updated on: February 25th, 2022 at 11:26 am
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया