मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ।

यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं १’ रावलले लेखेका छन् ।दैनिक न्युज नेपाल बाट


Last Updated on: February 26th, 2022 at 10:49 am
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया