मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नायक पल शाह प्रहरीसामु उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् ।

गत हप्ता जिल्ला प्रहरी कर्यालय तनहुँमा एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरीले नियन्त्रण गर्ने समाचार बाहिरिएपछि पल फरार थिए ।

तर उनी आज प्रहरीसामु उपस्थित हुने भएका हुन् । उनले फेशबुकमा आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र आफ्नो फिल्मलाई असर नगरोस भनेर प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।दैनिक न्युज नेपाल बाट


Last Updated on: February 27th, 2022 at 12:01 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया