मंगलबार ०३ जेठ २०७९

काठमाडौं

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विप’क्षमा भए सरकार छोड्नुपर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक साक्षा’त्कारमा उनले

सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएको भन्दै एमसीसीका विप’क्षमा भए सरकार छाड्नुपर्ने बताएका हुन् ।उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडि’एको बताए ।

आफ्नो पार्टीले सत्ता वा प्रति’पक्ष जेमा हुँदा पनि एउटै कुरा गरेको र कहिले पनि बोली नफेरेको उनको भनाइ छ ।साक्षात्कारमा एमालेका नेता शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्प’णी गरे । उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल संसदमा हुनुपर्ने बताए ।
नेकपा

(माओवादी केन्द्र)का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरि र एमसीसी परि’मार्जनसहित पा’रित गर्नेगरि सहमति हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटु’ट्ने उनले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताए । एमसीसीको हकमा भने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले दोहोरो च’रित्र देखाएको उनले बताए ।उनले एमसीसीबारे पहिले सरकारमा बसेकाहरुले आफ्नो दृष्टिकोण एक रुपमा ल्याउनुपर्नेमा जोड दिए ।


Last Updated on: February 27th, 2022 at 12:54 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया