
काठमाडौं : सत्तारुढ दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहायता परियोजना मि’लेनियम च्या’लेन्ज कर्पाेरेशन (एमसीसी)
संसदबाट पास गर्न साथ नदिने हो भने सरकारबाट ह’ट्न आग्रह गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स’त्तामा बसेर बाहिर राष्ट्रवादी कुरा गर्ने तर, एमसीसी पास गर्न गठबन्धनलाई साथ नदिने हो भने तत्काल सरकारबाट हट्न डा. भट्टराईले आग्रह गरे ।
डा. भट्टराईले, ‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई भन्न चाहन्छु– कि तपाईंले एमसीसी पास गर्न साथ दिनुहोस् र १३८ पुर्याएर पा’रित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर
पनि मा’र्नेअनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघा’त गर्न पाइँदैन । पहिलो विक’ल्प, तपाईले साथ दिनुहोस् ।होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ ।
लटरपटर कुरा हुँदैन ।’मुलुकको समृद्धि र विकासका लागि पनि एमसीसी पास गर्नुपर्ने अध्यक्ष भट्टराईको अडान छ । उनका अनुसार यदि संसदबाट एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपे’टामा पर्नेछ ।