बुधबार ०४ जेठ २०७९

काठमाडौं । नेपाली कांग्रेसको नेता तथा सांसद गगनकुमार थापाले एमसीसी आईपीएसको अंग नभएको दाबी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौतामाथिको बुँदागत छलफलमा सहभागी हुँदै सांसद थापाले एमससीलाई जबरजस्ती आईपीएसको अंग भनिएको बताए ।

पाँच वर्षभित्र अमेरिका सेना नेपाल आउने कुरा गरे तत्काल खारेज गर्ने उनले बताए । उनले भने, ‘एमसीसी सम्झौता गरेबापत अमेरिकाले कुनै सैन्य स्वार्थमा नेपाल आउनुपर्छ भनेर भन्यो भने तत्काल यो सम्झौता खोरज गर्नेछौँ ।’

उनले एमाले नेता तथा सांसद भीम रावललको चुनैती आफू स्वीकार गर्न तयार रहेको बताए । उनले भने, ‘मानीय भीम रावल ज्यु । म चुनौती सामना गर्न तयार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा । काठमाडौंमा कि अछाममा । म काठमाडौंको सांसद् यदी एमसीसी सम्झौता राष्ट्रघाती भएमा मेरो नागरिकता खोसियोस् । चारपाटा मोडेर थानकोट कटाइयोस् । सम्पत्ति खोसियोस् । म चुनौती दिन्छु ।’

यस्तै नक्कली राष्ट्रवादीले मान्छैलाई मर्नका लागि उचाल्ने तर आफू सच्चा राष्ट्रवादी भएको उनले चेतावनी दिएका थिए । यसअघि एमाले नेता भीम रावलले एमसीसी पास गर्न समर्थन जनाउने सबै नेताहरू गद्दार भएको आरोप लगाएका थिए । उनले भने, ‘नक्कली राष्ट्रवादी मर्न उचाल्छ, म देशभक्त हो मर्न तयार हुन्छु । नक्कली राष्ट्रवाद र देशभक्तिमा यही फरक छ ।’

रावलले एमसीसीमा हस्ताक्षर गर्ने सबै गद्दार भनेकोतर्फ लक्षित गर्दै उनले रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले यसको प्रस्ताव स्वीकारेको बताए । उनले भने, ‘२०७३ साल असार ३१ मा उपप्रधानमन्त्री भएको क्याबिनेटले प्रस्ताव गर्छ । १ अर्ब १३ करोड अनुदान स्वीकार्ने भन्छ । त्यो बेला माननीयको पेट दुखेको थियो ?’न्युज 24 नेपाल बाट


Last Updated on: February 28th, 2022 at 9:01 am
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया