मंगलबार ०३ जेठ २०७९

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनकाे गेटैनिर सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । भवन अगाडिको मुख्य सडकमा राखिएकाे उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे छैन । प्रेसरकुकरमा ‘नाे एमसीसी’ लेखिएकाे छ ।

शंकास्पद रूपमा राखिएकाे उक्त प्रेसरकुकरबारे नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । बम बनाएर राखेकाे भए सेनाकाे टाेलीले निस्क्रिय (डिस्पाेज) गर्नेछ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएकाे छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ ।

व्यापक विराेधका बीच अाइतबार संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएकाे थियाे । त्यसकाे विराेधमा अाज नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा लगायत ६ दलले बन्दकाे घाेषणा गरेका छन् ।

News 24 Nepal ma xa yo news


Last Updated on: February 28th, 2022 at 12:33 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया