मंगलबार ०३ जेठ २०७९

काठमाडौं : रूसले युक्रेनमा आक्र-मण सुरु गरेदेखि नै युक्रेनी समूहहरूलाई विश्वभरबाट क्रिप्टो-करेन्सी सहयोग आइरहेको छ ।फेब्रुअरी २४ देखि सुरु भएको यो युद्धका बीच आजसम्म

युक्रेनले ९९ लाख डलर (आजको मूल्य विनिमय दर अनुसार एक अर्ब १८ करोड ३५ लाख ९८ हजार ४६० रुपैयाँ) बराबरको क्रिप्टो’करेन्सी सहयोगको रुपमा प्राप्त गरेको

अनुसन्धान संस्था एलि-प्टिकले जनाएको छ । युक्रेनका नागरिक तथा सेनालाई सहयोग गर्नको लागि डिसे’न्ट्रलाइज्ड अटोनोमस अर्गनाइजेसन (डीएओ) स्थापना गरिएको छ, जसको माध्यमबाट युक्रे’नमा विश्वभरबाट सहयोग पुगिरहेको छ ।

केही सहयोगीहरूले आफ्नो एनएफटी बिक्री गरेर पनि युक्रेनलाई सहयोग रकम पठाइरहेको छ । योभन्दा अगाडि समस्या परेको समयमा सामान्यतया रकम सम्बन्धित निकायको बैंक खातामा जम्मा गर्ने प्रचलन थियो ।

यो पटक युक्रेनले भने सहयोग स्वरुप आएको बिटक्वाइनलाई पनि मान्यता दिएको हो । गत वर्षमात्रै यु’क्रेनले बिटक्वाइन लगायत क्रि’प्टोकरेन्सीहरूलाई कानूनी मान्यता दिएको थियो । प्रविधिको हिसाबले युक्रेन विश्वको अब्बल देशको रुपमा पनि चिनिन्छ । -टिच पाना


Last Updated on: March 2nd, 2022 at 9:14 am
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया