बुधबार ०४ जेठ २०७९

काठमाडौं । अमेरिकी सहयोग परियोजनामा छेपारे रोल खेलेका सभामुख अग्नि सापकोटाका लागि खतराको घण्टी बजेको छ ।, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोट विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।

“सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ,” उनले भने, “उहाँले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौँ । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौँ ।”

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा दृढ भएर उभिने बताएका छन् । पार्टीले आयोजना गरेको एमसीसीबारे धारणा सार्वजनिक कार्यक्रममा नेता नेपालले सभामुखको पक्षमा दृढ भएर उभिने बताएका हुन् ।

उनले भने, ‘हामी दृढ भएर उभिन्छौं । सभामुखले केपी ओलीकोसामु घुँडा टेक्ने नचिताए हुन्छ, जुन सभामुखले सांसदको अधिकार रक्षा गर्नुभएको छ, संसद्को गरिमा जोगाएर राख्नुभएको छ, उहाँमाथि धारेहात लगाउने ? आरोप लगाउने ? गरिमाको रक्षा नगर्ने ? त्यसकारण हामी सभामुखको पक्षमा दृढ भएर उभिन्छौँ ।’

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सम्मानजनक बहिर्गमनमा जान सापकोटालाई आग्रह गरेका थिए । राजीनामा नदिए महाभियोगमार्फत संसदबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।
Galaxykhabar ma xa yo news


Last Updated on: March 2nd, 2022 at 10:52 am
६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया