बुधबार ०४ जेठ २०७९

काठमाडौ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको छ। अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ।

जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ। एमालेकै जस्तो ढाचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ। जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन्।

अपानिमा दाबी गरिएअनुसार एकीकृत समाजवादीले देशभरी ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ।पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि सबै जनसंगठनहरु, सबै पेशा र वयवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिएको छ।

‘सदस्यता वितरण गर्दा वर्गीय धरातललाई हेरी, जनसेवाको भावनामा समर्पित, पार्टीप्रति निष्ठा र समर्पण भएका, पार्टीको विचार र नीति प्रति स्पष्ट भएका सबै वर्ग, जाति, भाषा, धर्म, लिंग, वर्ण, भूगोलका बासिन्दालाई समावेश गरिने नीति लिइने,’ अपानिमा उल्लेख छ। एकीकृत समाजवादीले सबै जिल्ला कमिटीहरुलाई बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्न, पालिका तहमा कार्यालय स्थापना गरेर कामलाई प्रभावकारी बनाउन र पार्टी कार्यालयहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

एकीकृत समाजवादीले आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडाहरुमा पार्टी कमिटी गठन गरिसक्ने योजना बनाएको छ। त्यसैगरी जनसंगठनहरुका कमिटी पनि गठन गर्ने अपानिमा उल्लेख छ। फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै जनता समाजवादी पार्टी (जसपा) भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ । बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।

उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु । महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ ।

उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।

कुनै पनि हालतमा MCC पास गर्ने देउवाको अडान, अनि प्रचण्डले यस्तो भनेपछी खैलाबैला
प्रचण्डलाई देउवाको जवाफ – यो पनि मान्नुहुन्न भने सरकार छाड्न सक्नुहुन्छ संसदमा टेबल भएपछि यसरी हुने छ एमसीसी पासप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने बताएका छन् ।

देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प राखेका थिए ।

माओवादीले यथास्थितिमा जबरजस्ती एमसीसी टेबल गरिए सरकार छोड्ने चेतावनी दिएको थियो । अध्यक्ष प्रचण्डले पनि देउवालाई सरकार छोड्ने अवस्था आएको बताएपछि देउवाले यी विकल्प दिएको ती नेताको भनाइ छ ।

देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीसँग प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गरेका थिए ।एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको एक काँग्रेस नेताले बताए।

‘हामी कुनै पनि हातमा एमसीसी टेबल गराउन चाहन्छौं । त्यसका लागि प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई तीन विकल्प दिनु भएको छ,’ उनले भने ।ती नेताका अनुसार एमसीसीको पक्षमा उभिन नसक्ने भए एमसीसी पास गर्ने दिन संसदमा उपस्थित नहुन प्रचण्डलाई देउवाले पहिलो विकल्प दिएका छन् ।

यस्तै एमसीसीको विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ ।एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको तीन नेताले सुनाए ।

बिहीबार बिहानको भेटमा पनि देउवा र प्रचण्डबीच एमसीसीबारे थप छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।‘प्रचण्डले संसदमा टेबल गर्न दिने कुरामा सहमति जानुहुन्छ कि भन्ने प्रधानमन्त्रीजीमा अझै आशा छ,’ काँग्रेसका एक नेताले भने, ‘आज साँझ बस्ने बैठक हेरौं । त्यसपछि विभिन्न विकल्पमा राति नै छलफल अगाडि बढ्छ ।’

संसदमा टेबल भएपछि यसरी हुने छ एमसीसी पास
संसदमा टेबल भए एमालेको अवरोध हुने र काँग्रेस, लोसपा र जसपाका केही सांसदको समर्थनमा एमसीसी पास गर्न सकिने काँग्रेसको बुझाइ छ ।

काँग्रेसले ८४ जना सांसद एमसीसीको पक्षमा उभिने दाबी गरेको छ । काँग्रेसका एक सांसदले भने, ‘संसदमा टेबल भयो भने पास हुन्छ भन्नेमा हामी ढुक्क छौं ।

सम्भव भए एमालेलाई एमसीसीको पक्षमा उभिने वातावरण बनाउँछौं । त्यो भएन भने उसले संसद अवरोध जारी राख्छ ।’त्यस्तो अवस्थामा काँग्रेस लोसपा र जसपाका केही सांसदको समर्थनमा एमसीसी पास हुने उनको भनाइ छ । उनले भने, ‘ एमसीसीको पक्षमा हुन्छ भन्नेहरु ८४ हुन्छन् ।

हुन्न भन्नेहरुको संख्या कम हुन्छ । एमसीसी पास हुन्छ ।’ सभामुख र अर्थमन्त्री माओवादी निकट भएकाले एमसीसी टेबल गर्ने कुरामै समस्या देखिएको ती सांसदको भनाइ छ ।

उनका अनुसार प्रचण्डको सहमति विना सभामुख र अर्थमन्त्रीले एमसीसी टेबल गर्ने अवस्था छैन ।संसद्मा दर्ता भइसकेको विषय रोकिराख्नु राम्रो नहुने भएकाले एमसीसीलाई टेबल गराउन जोड गरिरहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए ।

मन्त्री बडूका अनुसार एमसीसीलाई संसद्ले एजेण्डा बनाए विभागीय मन्त्री (अर्थमन्त्री)ले टेबुल गरेपछि पारितको प्रक्रिया सुरु हुने छ ।

बडूले भने, ‘अर्थमन्त्रीले हस्ताक्षर गरेकाले यो अर्थमन्त्रालयको बिजनेस हो । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुपर्ने छ । त्यसपछि पास र फेलको प्रक्रियामा जान्छ ।’
News parda ma xa yo news


Last Updated on: March 2nd, 2022 at 12:14 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया