मंगलबार ०३ जेठ २०७९

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले टेलिफोन गरेको स्वीकार गरेका छन्।

एमसीसीबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनको क्रममा बोल्दै ओलीले आफू नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष भएको हुँदा विदेशीहरुले फोन गर्नु स्वभाविक भएको बताएका हुन्।

उनले भने, ‘विभिन्न देशका नेताहरुले, मन्त्रीहरुले अमेरिकीहरुले होस्, चिनियाँहरुले होस्, भारतीयहरुले होस्, या अरु देशका विभिन्न नेताहरुले म देशको प्रमुख पार्टीको अध्यक्षको हैसियतले मलाई फोन गर्नु स्वभाविक हो।’

तर आफूलाई कुनै दबाब, धम्की र प्रलोभन नआएको उनले बताए। उनले भने, ‘तर हामीलाई कसैले दबाब दिँदैन। दियो भने हामी त्यसमा कडा प्रतिक्रिया जनाउँछौँ। हामी कुनै प्रकारको दबाब,धम्की, प्रलोभन स्वीकार गर्दैनौँ। त्यसलाई हामी सिधै अस्वीकार गर्छौँ। हामीलाई कुनै धम्की पनि आएको छैन। कुनै दबाब पनि आएको छैन। कुनै प्रलोभन पनि आएको छैन।’

नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र रहको उनको भनाइ थियो। ओलीले भने, ‘हामी आफ्नो निर्णय गर्न स्वतन्त्र छौँ। विभिन्न देशसँग कुराकानी भने हुन्छ। अमेरिकी सहायक मन्त्रीको फोन पनि आएको हो। आउँछ। अरुको पनि विभिन्नको आउन सक्छ। फोन आउँछ, कुरा हुन्छ। त्यो स्वभाविक हो।’

अव एमालेका दिन गए हामीले चाहेको भयो, देश बिकासकाे गतिमा दाैडिन्छ : पुष्पकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि सत्तामा आउन नदिन एमसीसी पास गर्नुपरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यसो भनेका हुन्। एमसीसीका नाममा गठबन्धन फुटाउन खोजियो। संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आएु उनले कांग्रेस र एमालेको वार्ताबारे संकेत गर्दै उनले भने,

फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसीसी पास गरेका हौँ। भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।

उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताएका छन्। यसले कानुनी मान्यता पाउँछ।यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन उनले हाम्रो व्याख्याले कानुनी मान्यता पाउँछ।अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ।

अव एमालेका दिन गए हामीले चाहेको भयो, देश बिकासकाे गतिमा दाैडिन्छ : पुष्पकमल दाहाल प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि सत्तामा आउन नदिन एमसीसी पास गर्नुपरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यसो भनेका हुन्। एमसीसीका नाममा गठबन्धन फुटाउन खोजियो। संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आएु उनले कांग्रेस र एमालेको वार्ताबारे संकेत गर्दै उनले भने,

फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसीसी पास गरेका हौँ। भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।

उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताएका छन्। यसले कानुनी मान्यता पाउँछ।यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन उनले हाम्रो व्याख्याले कानुनी मान्यता पाउँछ।अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ।Nparda ma xa yo news


Last Updated on: March 2nd, 2022 at 1:35 pm
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया