मंगलबार ०३ जेठ २०७९

काठमाडौ। एमसीसी सम्झौता संसदबाट पारित भएपछि नेकपा माओवादी केन्द्रमा ठूलै पहिरो जाने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गरेर एमसीसी सम्झौता अनुमोदन गराएको भन्दै उनीहरुले केही दिनमै ठूलै टिम सहित पार्टी परित्याग गरिरहेका बुझिएको छ।

पार्टीले एमसीसीको व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्ने निर्णय गरेपछि मा‌ओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन्। उनीहरुले पार्टी बैठकमा नेतृत्वको आलोचना गर्ने र आवश्यक परेमा जुनसुकै समयमा पार्टी परित्याग गर्ने रणनीति बनाएका छन्।

पार्टीको आठौं महाधिवेशनको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लौटी निर्णय गरेर व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्न गठबन्धनमा सहमति गरेको भन्दै उनीहरु नेतृत्वप्रति असन्तुष्ट बनेका हुन्।

पार्टी महाधिवेशनले एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरे पनि व्याख्यात्मक घोषणाको नाममा जस्ताको त्यस्तै एमसीसी पारित गरेको भन्दै नेताहरुको विरोध छ ।

अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा व्यवस्थित रुपमा कुरा उठाइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताए। अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा मज्जाले कुरा उठाउने भन्दै उनले पार्टीले महाधिवेशनको म्यान्डेटविरुद्ध निर्णय गरेको आरोप लगाएका छन्।

महाधिवेशनबाट एमसीसी संशोधन भएपछि मात्रै बल्ल पारित गर्न सकिन्छ भन्ने रहेको भन्दै पोखरेलले भने, ‘व्याख्यात्मक रुपमा पारित भन्ने संशोधन होइन। यसको कुनै भ्याल्यु छैन। त्यो शून्य भ्याल्यु हो। ’अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै नगरेको बताउँदै पोखरेलले ब्याख्यात्मक रुपमा एमसीसी पारित गर्नुको अर्थ नहुने बताए।

एमसीसी व्याख्यात्मक रुपमा पारित भए लगतै अमेरिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएकाले त्यो बाहेक अरु केही नहुने भन्दै पोखरेलले आफूहरुले अमेरिकालाई ध्यानकर्षण नभएर संशोधन गराउन खोजे पनि असफल भएको उनले बताए।

कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमा एमसीसी पास गर्न माओवादीले साथ दिएकाले पार्टी छाडेको अभिव्यक्ति दिन थालेका छन्। एमसीसी सम्झौता अनुमोदन गर्न पार्टीले सघाएको भन्दै जनप्रतिनिधिले समेत नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन्।

माओवादी केन्द्र विभाजनका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले ठूलै टिम बनाएको बुझिएको छ।Gorkha online ma xa yo news


Last Updated on: March 3rd, 2022 at 3:02 pm
३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया