
काठमाण्डाै। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारकाे गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ।
आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो। उहाँले जनताको समस्या संसदमा नराखी बृद्धा भत्ता र संसद भत्ता खारेज गर्नुपर्छ ।
बीना कामको ज्याला लिनु दीनु राम्रो हैन ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो। अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोप समेत लगाउनुभयो।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन। यो दुःखद भयो। सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु। यो एकदमै गैरजिम्मेवार भयो।’
उनले थपे, ‘हामी आउँछौँ, भत्ता बुझ्छौँ, हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने विना कामको ज्याला लिनु राम्रो होइन। यो बेठिक भइरहेको छ। यसको छिटो निकास निस्कनुपर्छ। यो शोभनीय भएन, जनताप्रति अपमान हो।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै निरन्तर संसदमा अवरोध गर्दै आएको छ। यही अवराेधका कारण पटक–पटक संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरि स्थगित हुँदै आएकाे छ। The Gorkha news ma xa yo news