बुधबार १२ माघ २०७८

वैदेशिक राेजगारी : सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने मन्त्री श्रेष्ठकाे भनाइ

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवा-सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताउनुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुन: एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवा-सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्किनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दु:ख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए ।न्युज नेपाल मिडिया बाट


Last Updated on: December 1st, 2021 at 9:07 am
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया