
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको बैठकपछि राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री देउवासँगै गृहमन्त्री एवं कांग्रेस प्रमुच सचेतक बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री देउवा गएकै समयमा प्रधानसेनापति प्रभुराम शर्मा पनि त्यहाँ पुगेका थिए।
भेटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग प्रस्ताव र अहिले सत्ता गठबन्धनमा जबरजस्त उठेको अर्ली इलेक्सनबारे छलफल भएको स्रोतले जनाएको छ।
आइतबार संसदले महाभियोगमाथि छानविन गर्न सिफारिस समिति गठन गरेको छ भने सत्ता गठबन्धनका नेताहरुले एमालेले अवरोध गरेकाले विघटन गरेर चुनावमा जानुपर्ने धारणा अघि सारेका छन्।
अर्ली इलेक्सनको बहसका बीच संसदमा अवरोध गरिरहेको एमालेले महाभियोग प्रक्रियामा भने भाग लिएको छ।
राष्ट्रपति कार्यालयले भने भेटघाट नियमित भएको बताएको छ। Dainik news nepal