
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेर महिला सांसदहरूले विभिन्न विषय सम्बोधन गरिदिन आग्रह गरेका छन्। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृह मन्त्रालयमा आइतबार भेटेर नागरिकता, भिजिट भिसासम्बन्धी रिपोर्टलगायतका विषयमा माग राख्दै सम्बोधन गरिदिन आग्रह गरे।
annapurna post
एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अवस्था निर्माण गर्न आग्रह गरे। वैवाहिक अंगिकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो। नागरिकतासम्बन्धी विषयले उमेर पुगेकाहरू पनि बैंक खाता खोल्न, पढ्न विद्यालयमा भर्ना गर्न र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएको महिला माननीयहरूको भनाइ थियो।
त्यस्तै भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन माननीयहरूले आग्रह गरे।
पल शाह बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरूको आग्रह थियो।
महिलाको मौलिक हक समेटिएको संविधानको धारा-३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरूको भनाइ थियो।
महिला माननीयहरूले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउन माग गरे।
Annapurna ma xa yo news