बुधबार ०४ जेठ २०७९

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।

‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?’

यसअघि पनि नेता रावलले एमालेको अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक पारित भएपछि सरकारले काम गर्न पाउनेगरी गरिएको अवरोधको कुनै अर्थ नहुने बताएका थिए। उनले कि सशक्त अवरोध गर्नुपर्ने होइन भने जनजीविका सवालका विषय संसद आउन दिनुपर्ने धारणा राखेका थिए। Annapurna post ma xa yo news


Last Updated on: March 7th, 2022 at 6:16 am
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया