बुधबार ०४ जेठ २०७९

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो ।

दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिबाट के गर्न खोजिएको होला भन्ने थप शंका पराजुलीको मनमा उब्जियो ।

तर, यो बोलावट कुनै राजनीतिक विषयमा केन्द्रित थिएन । विद्यार्थीकालदेखि विराटनगरसँग साइनो जोडिएको हुनाले यहाँ एकरात बस्ने राष्ट्रपति भण्डारीका चाहना रहेछ । यही कारण राष्ट्रपति भण्डारीले मेयर पराजुलीसँग विराटनगर क्याम्पसमा एक कार्यक्रम गर्ने अनि एकरात यसै बास बस्ने चाहना राखिन् ।

तर, सुरक्षा प्रोटोकलका कारण आफू बिराटनगरमा बस्न नपाउने र इटहरीस्थित सेनाको ब्यारेकमा बस्नुपर्ने बाध्यता सुनाइन् । मेयर पराजुलीसँगको दुई घण्टा लामो कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले विद्यार्थीकालमा विराटनगरमा बसेको, महेन्द्र मोरङ क्याम्पसमा राजनीति गरेको अनुभव सुनाइकी थिइन् । राष्ट्रपति भण्डारीले पराजुलीसँग भनिन्, ‘विराटनगरमा एकरात बस्ने मेरो इच्छा छ, तर, सुरक्षा प्रोटोकलले होटलमा दिँदैन र इटहरी लगिहाल्छन् ।’

राष्ट्रपति भण्डारीले सो सन्दर्भमा चिनेजानेका यहाँका अग्रज तथा दांैतरीहरुसँग अनौपचारिक भलाकुसारी गर्ने इच्छा राखेकी थिइन् । ‘विराटनगर बसेर तामझामवाला कार्यक्रम गर्नेभन्दा पनि अनौपचारिक हिसावले गफगाफ गर्ने राष्ट्रपतिको चाहना छ,’ स्रोतले भन्यो । त्यसक्रममा राष्ट्रपतिले आफू पढेको कलेजलाई केही सहयोग गर्ने चाहनासमेत राखेकी थिइन् ।

राष्ट्रपतिले विराटनगर आउने चाहना राखेको कुरा प्रष्ट पार्दै विराटनगरका प्रमुख भीम पराजुलीले सोही अनुसारको कार्यक्रमको तयारी गरिरहेको रातोपाटीलाई बताए । ‘विराटनगरमा एउटा प्रोग्राम राख्ने कुरा भइरहेको छ । महेन्द्र मोरङको प्राज्ञिक व्यक्तिहरु, स्ववियुका पूर्वसभापतिहरू, पदाधिकारीहरूसहितको कार्यक्रम राख्ने र उपयुक्त समयमा राष्ट्रपतिलाई बोलाउने तयारीमा छौं ।’news parda ma xa yo news


Last Updated on: March 7th, 2022 at 1:58 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया