
एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको आरोप लगाए ।उनले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाए ।
एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताए ।
‘माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थाले, त्यसैले म केपी ओलीतिर लागेको हुँ,’ रायमाझीले भने, ‘दाहाल कम्युनिस्ट राजनीतिक रुपमा बेइमान हुन् ।
माधव नेपाल र दाहाल तुहिनेवाला छन्, उनीहरू विसर्जनको बाटोतिर छन् ।’ दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनको तर्क छ ।
माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उनले चेतावनी दिए ।‘राष्ट्रियसभा चुनावमा हामी हार्दैछौं,’ उनले भने, ‘एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेका छन् । हामी हारे पनि जितेका छौं ।’newsparda ma xa yo news