मंगलबार ०३ जेठ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका ३ नेताले राखेकाे अमेरिकी सहयोग परियोजना एमसीसीबारेकाे ‘नोट अफ डिसेन्ट’ अर्थात् फरक मत छलफलका लागि केन्द्रीय समिति बैठकमा पेश भएकाे छ । सुरुदेखि एमसीसीको विरोधमै रहेको माओवादीले अन्तिम समयमा व्याख्यात्मक घोषणासहित पारित गर्न तयार भएको थियो ।

पार्टी नेतृत्वको उक्त निर्णयप्रति माओवादी नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले नोट अफ डिसेन्ट राखेका हुन् । संयुक्त रुपमा रहेको उक्त नोट अफ डिसेन्ट जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि भन्दै आज पेश गरेका छन् । यद्यपि उक्त नोट अफ डिसेन्टमाथि छलफल भने आगामी स्थानीय तह निर्वाचनपछि मात्रै हुने बताइएको छ ।

यही फागुन १८ गते पार्टी कार्यालयमा पेश गरिएको उक्त नोट अफ डिसेन्टमा फागुन १५ गते संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति तथा असुन्तुष्टि राखिएको जनाइएकाे छ । एमसीसी पारितकाे पक्षमा उभिएपछि पार्टीभित्र तीव्र अन्तरविराेध देखिएकाे छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टि र सअहमति पेश गरिरहेका छन् । News 24 Nepal ma xa yo news


Last Updated on: March 7th, 2022 at 2:27 pm
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया