बुधबार ०४ जेठ २०७९

काठमाडौँ : रामेछापका विष्णु पाण्डेका गोडाभरि ठेला छन् । अनुहार थकित छ । करिब एक हप्ताको हिँडाइले शरीर लखतरान छ । त्योभन्दा बढी रसिया र युक्रेनबीचको युद्धबाट भाग्दा सुनेका गोलीका आवाज कानमा गुन्जि’रहन्छन् ।

आँखैअगाडि देखेको गोलाबारी र बारुदको धुवाँ सम्झिँदा अहिले पनि छिनछिनमा झस्किन्छन् उनी । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि राजधानी किभ जोड्ने सबै राजमार्ग बन्द हुँदा विष्णु पाण्डे आफ्ना ११ जना साथीहरूसँगै किभमै थुनिए। नजिकै गोली र रकेट पड्किन थालेपछि मान्छेको भागाभाग सुरु भयो।

किभबाट मानिसहरू बाहिरिन थाले। झिटि-झाम्टा बोकेर सबै बाहिरिन थालेपछि उनीहरू पनि आँत्तिए। सुरु भएको दुई/तीन दिनमै बाहिरिन खोज्दा उनीहरूले बस पाएनन्। सार्वजनिक बस र रेलहरूसमेत बन्द भएपछि जनही एक हजार रिभ्निया (युक्रेनको मुद्रा) तिरेर उनीहरूले एउटा ट्याक्सी लिएका थिए। तर‚ ट्याक्सीले बिच बाटोमै छाडिदिएपछि करिब एक साता पैदल हिँडेरै युक्रेनसित सीमा जोडिएको मुलुक पोल्यान्ड पुगे।

‘यता पड्किन्छ, उता आगोको तप्काजस्तो सुइय्य सुइय्य गर्छ। अब बस्नुहुन्न भन्ने भयो। ट्याक्सीले पैसो असुलेर बिच बाटोमै छाडेर हिँड्यो। रेल र बस नपाएपछि हामी भो-कभो’कै, एक रात पनि नसुती हिँड्यौं। पोल्यान्डको सिमामा आयौँ‚’ विष्णु पाण्डेले सुनाए।

पाण्डे र उनका साथीहरू विद्यार्थी भिसामा युक्रेन पुगेको एक महिनामात्रै भएको थियो। नौलो ठाउँ। नयाँ भाषा। उनीहरू त्यहाँको पद्ध’ति पनि भर्खर बुझ्दै थिए। यु’द्ध सुरु भएपछि भाषा नजानेकाले पनि उनीहरू केहि दिन अलमलमा परे। केहि नेपालीहरूलाई इन्टरनेटबाट सम्पर्क गरेर सूचना त लिए तर सीमासम्म आउने कुनै माध्यम फेला परेन। त्यसैले कोठाका सबै सामान मिल्काएर उनीहरू पैदल हिँड्ने निर्णयमा पुगे।

तापक्रम शून्यबाट पनि झरेर पाँच डिग्री पुगेको थियो। धेरै दिन हिँड्नु’पर्छ भनेर उनीहरूले लुगाफाटो पनि बोकेका थिएनन्। करिब एक साता उनीहरू त्यो ठन्डीमै रातदिन हिँडे। बाटोमा किनेर खाने पसल पनि भेटिएन। जताततै मानिसहरू भागदौड गरेको, टाटे’पाटे पोसाकका सैनिकहरू मात्रै देखिन्थे।

‘पाँच दिनसम्म त केहि खान‚ पिउन समेत पाइएन। धेरै भोक लागेपछि मान्छे त पागल जस्तो, कताकता मात लागेको जस्तो हुने रहेछ। हामीलाई त्यस्तै भयो‚’ पाण्डेले भने।

पोल्यान्डको सीमा क्षेत्रमा आएपछि पनि सीमा पार गर्न दुई दिन त लाइनमै बस्नुपरेको थियो। दैनिक हजारौं मानिस बाहिरिन लागेकाले सीमामा कडा निय’न्त्रण र जाँचबुझ हुन्थ्यो। पासपोर्ट’मा स्ट्याम्प लगाउन र दर्ता गरेर बाहिर निस्किने ठाउँमा दुई-तीन दिन कु’र्नुपर्थ्यो।

सीमा क्षेत्रमै असुरक्षा थियो ।त्यहाँबाट छिटो बाहिर निस्किन आफूभन्दा अगाडिका मान्छेलाई लठ्याउने सुई हानेर ढालिदिने र आफू अगाडि बढ्नेसम्मको क्रियाकलप हुने गरेको अनुभव विष्णुको छ । आइतबार नेपाली सांस्कृतिक गृहले आयोजना गरेको होली मनाउने कार्यक्रममा विष्णुको टोली पुगेको थियो ।

‘केहि आप्रवासीहरूले त आफू अगाडिका मान्छेलाई सुई हानिदिने रहेछन् । अगाडिका केहि मान्छेलाई ढालिदिएपछि आफ्नो पालो छिटो आउँछ भनेर त्यस्तोसम्म गरेको देखियो‚’ उनले भने ।

शून्यबाट पनि तल झरेको कठ्यां’ग्रिने ठाउँमा विष्णु चप्पलकै भरमा थिए । सीमा क्षेत्रमा केहि आप्रवासीले उनको जुत्ता चो’रिदिएपछि उनी कसैले दिएको चप्पलकै भरमा हिँडि’रहेका थिए । सीमा क्षेत्रमा अत्य’धिक भीड भएकाले जुत्ता‚ चप्पल र झोलासमेत चोरी हुने गरेकाले धेरैको बिजोग भएको उनी आफैंले देखे । मनिसहरूको रुवाबासी उस्तै देखिन्थ्यो ।

‘सा-साना बालबालिका च्या’पेर समेत मान्छे रोएको, छ’ट्पटाएको, भोगले रोएको देख्दा अहिले पनि दिकदार लाग्छ । मान्छेले कति दुःख झेल्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो । नसुनेको दुःख र पी’डा देखियो‚’ उनले भने ।

पोल्यान्डको सीमा क्षेत्रमा आएपछि उनीहरूको टोलीलाई पोल्यान्ड सरकारले ४५ दिनको स्ट्याम्प लगाइदिएको छ । पोल्यान्डको सीमा क्षेत्रमा दुई रात उद्धा’र केन्द्रमा बसेर उनीहरू जर्मनीस्थित नेपाली दूतावसको सम्पर्कमा पुगेका थिए । त्यसपछि नेपालीबाट जानकारी लिएर पेरिस फर्किएका हुन् ।

‘नेपाल फर्किऊँ आएको एक महिनामात्रै भएको छ । उता पढ्न आएको लाखौं ऋ’ण बाँकी छ । यता पढाइ नहुने भयो, उता ऋणको भारी छ । नेपाल भर्खरै फर्किएर त्यो ऋ’ण तिर्न सक्ने अवस्था छैन‚’ उनले विद्यार्थीहरूको बाध्यता सुनाए । – यो समाचार कान्तिपुरमा छ ।


Last Updated on: March 8th, 2022 at 9:11 am
१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया