
नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा सुकेनास लागेर सकिन लागेकाे बताएका छन्। शनिबार आफ्नाे गृहअर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा आयाेजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्ताे टिप्पणी दिएका हुन्।‘माओवादी केन्द्र सुकेनास लागेर सकिन थालेको छ,’ नेता रायमाझीले भने,‘अझै पनि पार्टीभित्रको झगडा राेकिएकाे छैन।’
माओवादी केन्द्रबाट राजनीतिमा स्थापित उनी नेकपा विभाजनकाे क्रममा एमाले राेजेका हुन्।नेता रायमाझीले छत्रदेवको कार्यक्रममा बोल्दै पछिलो दुई महिनामा विभिन्न पार्टी परित्याग गरी आजको मितिसम्म झन्डै २४ सय कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको बताएका छन्। नेकपा एमाले सत्तामा नभएता पनि जनताले रुचाएको एक मात्र पार्टी रहेकाे नेता रायमाझीले बताए।
एकपछि अर्को नेताले छोड्दै माओवादी, प्रचण्डकै दाईने हात यी नेताले छाडे पार्टी एमालेमा प्रवेश
रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका बगडियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २५ गते रंगेली जाने कार्यक्रम तय भएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए ।
नेकपा विभाजन भएपछि सत्तामा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिबाट वगडियालाई लामो समय ओली सरकार रहने विश्वासमा परेका थिए ।
पार्टीको बैठक र अन्य गतिविधिमा सहभागी हुन छोडेपछि नेकपा माओवादी केन्द्रले उनलाई गतवर्ष स्पष्टीकरण सोधेको थियो । तर, उनले आफूले पार्टी नछोडेको र कार्यव्यस्तताले गर्दा पार्टी बैठकमा उपस्थित हुन नसकेको जवाफ पठाएका थिए ।
त्यसपछि उनी माओवादी केन्द्रका नेताहरुसँग निकट सम्बन्धमा रहेर सरकारबाट योजना र बजेट ल्याउन क्रियाशील भएका थिए । उनले अर्थमन्त्री जनार्दन शर्मासँग पटक पटक भेट गरेर पार्टी परित्याग नगर्ने भन्दै विश्वस्त तुल्याउने गरेका थिए ।