बुधबार ०४ जेठ २०७९

काठमाडौं । महिना दिन नपुग्दै पटक पटक इन्धनको मूल्य वृद्धि भएपछि यसबारे छलफल गर्न बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बसेको छ ।

संसदीय समितिको बैठकले पेट्रोलियम पदार्थको खपत कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारलाई सुझाव र निर्देशन दिएको छ ।

बैठकले इन्धनको खपत घटाउनका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली तोक्नुपर्ने, विभिन्न पम्पबाट बिक्री वितरण गरिने इन्धनमा कोटा तोक्नुपर्नेलगायतका सुझाव तथा निर्देशन सरकारलाई दिएको छ । यस्तै, नेपालमा भारतीय सवारी साधनलाई इन्धन दिन बञ्चित गर्नुपर्ने पनि निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक अर्बै रुपैयाँ बाहिरिएपछि त्यसलाई कम गर्नका लागि पेट्रोलियम पदार्थकाे खपत घटाउन यी उपायहरु समितिले अघि सारेको छ । news 24 Nepal ma xa yo news


Last Updated on: March 10th, 2022 at 4:46 am
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया