मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पुरानै घर फर्कन प्रस्ताव गरेका छन् । नेता रिजालले मध्यराती अध्यक्ष नेपाललाई फोनबाटै एमालेमा आउन आग्रह गरेको बताएका हुन् ।

फोन संवादमा अध्यक्ष नेपाललाई एमालेमा आएर राजनीति भविष्य सुरक्षित गर्न गरेको आग्रहलाई नेपालले हासेर टारेको नेता रिजालले ग्यालेक्सी खबरलाई बताए ।

तपाई र तपाईको पार्टी डाईनोसोर जस्तै लोभ हुदैछ तपाईको पार्टी समाजवादी होइन परिवारवादी भनेपछि नेपाल हासिरहे, रिजालले भने, तपाई विधिः र पद्धति कोलागी लडेको भए एमाले अध्यक्ष ओलीसँग र एमाले पार्टीसंग माफ माग्नुपर्ने भनेपछि केपी ओली एमालेमा रहुन्जेल पार्टी एकता हुन सक्दैन भन्दै नेपाल कड्किए ।

तपाई रामप्रसाद रिजालजी तपाईलाई ओलीले एमाले को केन्द्रीय सदस्य बनाउदैनन् बनाए भने त्यही दिन म माधव कुमार नेपाल राजनीतिबाट संन्यास लिन्छु भनेको रिजालको दाबी छ । रिजालले आफूले माधव कमरेड लाई हजुरको अहंकार डाह कुण्ठाले हजुरलाई सक्यो भनेपछि नेपालले फोन काटेको बताए । Galaxy khabar ma xa yo news


Last Updated on: March 10th, 2022 at 5:05 am
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया