मंगलबार ०३ जेठ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अघि सारेको बताएका छन् ।

बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले अब जनताबाट सिधै प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रवक्ता शाहीले मुलुकको हितका लागि संसदबाट प्रधानमन्त्री नभई सिधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नुपर्ने बताए ।

प्रवक्ता शाहीले प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउनका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।

आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेण्डा लिने बताए ।

नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने बताए । एमसीसी राष्ट्रघाती भएको भन्दै उनले यो कार्यान्वयन हुन नसक्ने बताए ।

कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।दैनिक न्यूज नेपालma xa yo news


Last Updated on: March 10th, 2022 at 5:10 am
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया