बुधबार ०४ जेठ २०७९

काठमाडौं । बुधबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले ठूलो पार्टी बनाउने गरी आगामी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अझै पनि ठूलो पार्टी छ भन्ने भ्रम रहेको जिकिर गरे।

images
अहिलेसम्म आफूहरूले लडेका दुई निर्वाचनमा एमालेलाई पराजित गरेको र अबका निर्वाचनमा पनि पराजित गर्ने नेपालको भनाइ थियो। “हामीले दुई वटा निर्वाचन लडेका छौं, दुवै निर्वाचनमा केपी ओलीलाई हराएका छौंं,” नेपालले भने ।

अध्यक्ष नेपालले राष्ट्रिय सभाको उपनिर्वाचन र निर्वाचनलाई उल्लेख गरेका हुन्। “पार्टी निर्माण नहुँदा राष्ट्रिय सभाको एक सीटका लागि चुनाव लडेका थियौं। केपी ओली र हामीबीचको प्रतिस्पर्धामा हामीले जितेका थियौं,” नेपालले भने, “दोस्रो पटक १९ सीटका लागि भएको निर्वाचनमा गठबन्धनको तर्फबाट १८ सिटमा विजयी हासिल गर्‍यौं।”


Last Updated on: March 10th, 2022 at 5:15 am
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया