
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमसीसी पास गरेपछि गाली धम्की निकै आएको र त्यस्ता गाली धम्कीहरुबाट नडराउने उनले बताए।
‘नेपालमा राजाबादीको अन्त्य गर्नुपर्छ’ एमसीसीको पक्षमा रहेका भट्टराई भन्छन्, ‘यो एउटा अनुदान हो। यो लिएर पूर्वधारमा लगानी गर्दा देशको हितमा हुन्छ भन्ने मेरो एउटा विश्वास छ।’
उनी थप्छन, ‘र दोस्रो जोडिएको कुरा जुन जटिल राजनीति छ भारत, चीन र अमेरिकाको सामाजिक द्वन्द यहाँ आउदैछ त्यसैले तीनवाटै शक्तिको विचमा सन्तुलन कायम गर्न सबैबाट सहयोग लिएर अगाडि बड्नु पर्छ भन्ने मेरो मान्यता थियो र म त्यसैमा अडिए, गाली गलोजसँग म डराउदिन।’
उनले फेरि थपे, ‘एमसीसी जनताको हितमा छ, राष्ट्रको हितमा छ, राष्ट्रियतामा आच आउँदैन भनेर हामीले जनतालाई बुझाएर नै एमसीसी पास गरेका हौं।’
एमसीसीले प्रकरणले गर्दा अब कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने र समाजको लागि बाधक बन्ने पनि उनले बताए। उनले भने कम्युनिष्ट सोच नबदले र यस्तै सोचलाई निरन्तरता दिएमा देशलाई ठूलो बर्बादी हुने उनको भनाइ छ।