
आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने वकालत गर्दै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने उल्लेख गरेका छन्।
पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका हुन् । उनी भन्छन्, ‘प्रचण्ड-माधव जस्ता लिडर नेताहरुलाई चुनावमा जिताउनुपर्छ, नत्र देश दुर्घटनामा फस्छ।’
तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न नहुने आफ्नो पुरानै अडान दोहोर्याए।
गठबन्धनको विरोध गर्दै डा। कोइरालाले भने, ‘त्यसमा म अहिले पनि अडिग छु। किनभने नेपाली काँग्रेसका कार्यकर्ताले बरु कम्युनिष्टलाई मन नपराई नपराई पनि भोट हाल्छन् । तर, एउटा कम्युनिस्टले नेपाली काँग्रेसलाई भोट हालेको छ रु हाल्दैन।
गठबन्धन नभए पनि ठूला नेताहरूलाई चुनाव जिताएर संसद्मा ल्याउनुपर्ने बताउँदै डा. कोइरालाले भने, ‘अब गठबन्धन गरेनौँ भने पनि प्रचण्डलाई ल्याउने जिम्मा त हामीले ल्याउनु पर्छ नि। जहाँबाट होस्। गठबन्धन बनेन भने पनि सिनियर लिडरहरू हाउसमा आउनु पर्यो।’
काँग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँगै तीन दिनअघि विराटनगरको एक कार्यक्रममा सहभागी भएका डा। कोइराला अहिले बिराटनगरमै छन्। आगामी वैशाख ३० मा हुने स्थानीय चुनावको रणनीति बनाउन गृह जिल्लामा कोइराला आएका हुन्।
स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् ।
एमाले जिल्ला कमिटी मोरङले बुधबार आयोजना गरेको तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए ।