मंगलबार ०३ जेठ २०७९

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले हिजो पनि शेरै भएको र अहिले सत्ता बाहिर भएपनि शेरै नै भएको दाबी गरेका छन् ।उनी थप्छन्– नेपालको राजनीतिको केन्द् विन्दुमा नेकपा एमाले छ, नेकपा एमालेलाई कमजोर बनाउनको निम्ति वरिपरि चारै तिर नाचिरहेका छन् ।

कति दिन नाच्ने हो ? यो चुनावमा देखि हाल्छन, नाच्नेहरुको फुर्ति र एमालेको शक्ति त्यस कारणले गर्दा खेरि म त भनिरहेको छु । कुनैपनि आवधिक निर्वाचन संविधान अनुरुप समयमा होओस् । जनताबाट आएको परिमाणबाट आफ्नो अनुहार आफै ऐनामा छलङ्ग देखिने छ ।

वास्वविक कुरा के हाे त ?
न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका कार्यक्रम प्रस्ताेता रबी लामिछाने हाल ग्यालेक्सी फाेके टेलिभिजनका सञ्चालक हुन । रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा हाेलान, कसकाे समर्थन गर्छन हाेला भनेर सधैँ चासाे हुने गर्छ ।

याे स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताकाे विराेध गरेकाे देखिन्छ । रबी लामिछानेकाे भाग्य र भविष्यकाे ढाेका खाेलिदिने अरु काेही नभएर प्रचण्ड नै थिए जुनकुरा धेरैलाइ थाहा नै छैन ।

रवि लामिछानेले लामाे समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेकाे भन्ने कुरा धेरैलाइ थाहा छ तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ ।


Last Updated on: March 10th, 2022 at 11:34 am
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया