मंगलबार ०३ जेठ २०७९

प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको स्रोतले दाबी गरेको छ ।

आगामी आमनिर्वाचनमा गठबन्धनसहित जाने सत्तारूढ दलहरूको तयारीका बीच भइरहेको यो गृहकार्यलाई कतिपयले एमालेलाई डाउन साइज गर्ने रणनीतिका रूपमासमेत बुझेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने प्रयासमा छन् ।

तर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जित्न सक्ने सीटहरूमा मात्र तालमेल गर्ने र बाँकीमा स्वतन्त्र ढंगले लड्ने मनासय बनाएका छन् । Newsparda bata


Last Updated on: March 10th, 2022 at 2:21 pm
५१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया