बुधबार ०४ जेठ २०७९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहने बताएका छन्।

बिहीबार वीरगन्जमा नेपाली काँग्रेस पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण कार्यक्रममा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने स्पष्ट पारेका हुन्।

उनले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताए। सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको उनको भनाई छ।

काँग्रेस सभापतिसमेत रहेका देउवाले भने,‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलहरूसँग मिलेर काँग्रेसले चुनाव लड्नुपर्छ।’

उनले गठबन्धनका अन्य सहयात्री दलहरू चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरू बीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए। प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए।

‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ।

मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘अहिले परिस्थिति बद्लिएको छ। डरत्रास हटेको छ। लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ।’dainik online news ma xa


Last Updated on: March 10th, 2022 at 4:11 pm
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया