मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा (एस)का नेता गंगालाल तुलाधरले आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् । विहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकको बारेमा जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने बताएका हुन् ।

गठबन्धनमा सहभागी नबने नेपाली कांग्रेस आफैलाई घाटा हुनसक्ने उनले बताए । नेता तुलाधरले भनेका छन्, ‘कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ । यसले कांग्रेसलाई घाटा पनि हुन सक्छ । गठबन्धन पाँच दललाई नै आवश्यक छ । नेपाली कांग्रेसका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।’

त्यस्तै उनले स्थानीय तहको चुनाव मात्रै नभइ प्रदेश र सङ्घीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै उनले नेपाली कांग्रेसका सभापति एवं शीर्ष नेताहरू गठबन्धनसहित आगामी चुनावमा जाने पक्षमा रहेको बताएका छन् । News 24 Nepal बाट


Last Updated on: March 11th, 2022 at 9:02 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया