मंगलबार ०३ जेठ २०७९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे पहिलो पटक मुख खोलेका छन्।

पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण कार्यक्रममा काँग्रेस सभापतिसमेत रहेका देउवाले गठबन्धन गरेर चुनावमा जाँदामात्र सफलता प्राप्त हुने बताए। गठबन्धन आजको आवश्यकता भएको उनको भनाई छ।

उनले मुलुकको संविधान र चुनाव प्रणालीका कारण कुनै एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले काँग्रेसले गठबन्धन गर्नुपर्ने बताए।

देउवाले भने, ‘एक्लै चुनाव लड्दा अघिल्लो चुनावमा के भयो रु अघिल्लो चुनावको परिणाम पनि सम्झिऊँ। अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ।’

उनले प्रमुख प्रतिपक्षी दल एमाले सिद्धिइसक्यो भनिरहँदा झन् सशक्त भएको टिप्पणी गरे। उनले एमालेभित्र जस्तो एकता काँग्रेसभित्र नभएको असन्तुष्टि प्रकट गरे।

‘बाहिर जथाभाबी बोलेर गठबन्धनका साथीहरूलाई बिच्काउने काम नगरौं,’ देउवाले भने, ‘अर्कोतिर विपक्षी पार्टी छ, एमाले छ, ओलीको पार्टी छ। सिद्धिइसक्यो भन्ठानेको तर सशक्तै छ। उनीहरूसँग सबै छ। एमालेमा एकता छ, हाम्रो पार्टीमा एकता हुँदैन। एकता छैन।’

उनले प्रजातन्त्रका मूल्य मान्यतालाई जोगाउनुपर्छ अगाडि बढाउन पनि गठबन्धन जोगाउनुपर्ने बताए। गठबन्धन रहेमात्र फेरि काँग्रेस नेतृत्वमा सरकार बन्ने उनको दाबी छ।

देउवाले भने, ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ। एक्लै चुनाव लड्दाको अवस्था हाम्रो के थियोरु सबै ठाउँमा हारेका थियौं। मिलेर चुनाव लड्दा प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने ठाउँमा हुन्छौं।’dainki News Nepal ma xa


Last Updated on: March 11th, 2022 at 12:21 pm
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया