मंगलबार ०३ जेठ २०७९

काठमाडौं । (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।

माओवादी जनयुद्धका पीडित कार्यकर्ताका पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन् ।

‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् ।

भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् ।

उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् । न्युज 24 नेपाल बाट


Last Updated on: March 13th, 2022 at 10:08 am
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया