मंगलबार ०३ जेठ २०७९

काठमाडौं फागुन २८

कुनै पनि हालतमा चुनासम्म गठबन्धन जोगाउने बताउँदै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टिक्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

प्रचण्डले कार्यकर्तालाई गठबन्धनको कुनै भर नभएकोले एक्लै चुनाव लड्ने तयारीमा लाग्नु आग्रह गर्नुभएको छ ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको प्रशिक्षण भेलामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘गठबन्धनको कुनै टुंगो छैन, माओवादी पार्टी चुनाव एक्लै लड्न सक्ने हैसियत नभएको पार्टी पनि होइन ।’

भरसक गठबन्धनलाई जोगाएर लैजाने प्रयत्न गरिने भए पनि त्यसको ठेगान नभएको उहाँले बताउनुभयो । त्यसैले आफ्नै तागतले चुनाव लड्नु पर्ने अवस्था आउने उहाँको भनाइ थियो ।

गठबन्धनलाई एमसीसीसँग जोडेर हेरिएकोले यसको दिगोपनमा शंका उब्जिएको उहाँले बताउनुभयो । गठबन्धन निर्वाचनसम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचनसम्म लैजाने प्रयास भने रहने प्रचण्डले बताउनुभयो । pathivara news bata


Last Updated on: March 13th, 2022 at 10:54 am
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया