बुधबार ०४ जेठ २०७९

डेढ वर्षीया बालिकाको बलात्कारपछि ह’त्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो । Ratopati bata


Last Updated on: March 13th, 2022 at 9:16 pm
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया