मंगलबार ०३ जेठ २०७९

नेकपा एमाले विरुद्ध ४ दलीय गठबन्धन बनाएर निर्वाचन भएको मोरङको पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिमा एमालेको प्यानलमा उपाध्यक्ष र १ सदस्यवाहेक सबै उम्मेद्वारहरू विजयी भएका छन ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी ४ दलीय गठबन्धन एमालेको विपक्ष निर्वाचनमा होमिएका थिए ।

२ सय ७१ जनाले मतदान गरेको यहाँको निर्वाचनमा पथरीशनिश्चरेमा रहेका ४ वटा राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।

शनिबार भएको निर्वाचनमा निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीले घोषणा गरेकाे परिणाम अनुसार एमालेको तर्फबाट प्रगतिशील पक्षका रामकुमार बस्नेत अध्यक्षमा १ सय ५२ मत प्राप्त गरी विजयी भएका हुन्। यसैगरी गठबन्धनबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार माधव कोइरालाले १४४ मत ल्याएर विजयी भएका छन् ।

८ जना खुल्ला सदस्यका लागि उद्धवराज बस्नेत,उमानाथ अधिकारी,एकराज निरौला, कर्णबहादुर विश्वकर्मा,खगेन्द्रप्रसाद लुईटेल,प्रदीपकुमार राई एमालेको तर्फबाट र गठबन्धनबाट खुल्ला सदस्यमा विजयजंग बस्नेत विजयी भएका छन् ।

यस्तैगरि, ४ जना महिला सदस्यको लागि सवैजना एमालेका तर्फका अरूणा राई, दुर्गा सुवेदी दंगाल पार्वती भण्डारी विष्ट, बर्षा सुब्बा डाँगी विजयी भए ।

लेखा समितिको संयोजकमा डिल्लीराज दाहाल शुक्रबार नै सर्वसम्मत निर्वाचित भएका थिए । अन्य २ जना सदस्य पदमा कमलबहादुर भट्टराई र दुर्गाप्रसाद सिटौला एमालेको तर्फबाट नै विजयी भएका थिए ।

गठबन्धनबाट बनेको प्रदेश १ को सरकारका मन्त्रीदेखि सांसद हुँदै उच्च राजनीतिक व्यक्तित्वहरु एमालेका उम्मेद्वारहरुलाई हराउन लागिपरेका थिए ।

पार्टी फुटेर गए पनि यो निर्वाचनको परिणामले पथरीशनिश्चरेमा नेकपा एमाले मजबुत नै रहेको विश्लेषण हुन थालेको छ । pathivara news bata


Last Updated on: March 14th, 2022 at 6:46 am
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया