बुधबार ०४ जेठ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर
दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे। तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्। विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ,’ उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन। नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ।’

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए। ‘निर्वाचनको ब्याटललाई समान्य रुपमा नलिनुहोला,’ उनले भने। प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्त तत्पर रहेको उल्लेख गरे।

जनताले भोट काङ्ग्रेस लाई दिन्छन कांग्रेसले ४५ लाख भोट ल्याउछ: गगन थापा
कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन् । शुक्रबार सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन ।’

माओवादी अध्यक्ष दाहाल सत्तारुढ घटकबीच आउँदा निर्वाचनहरुमा पनि तालमेल गराउने योजनामा छन् । दाहाल गठबन्धन गरेर चितवन–३ बाट फेरि उम्मेदवार हुने तयारीमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि यसप्रति लचक देखिन्छन् । तर कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्य समितिको पदस्थापन

कार्यक्रममा बोल्ने प्रमुख अतिथि थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले भने चितवनमा गठबन्धन नगर्न अपिल गरे । ‘रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ भन्ने कुरा मलाई लाग्छ । मलाई विश्वास छ पार्टीको नेतृत्वले यो कुरा बुझ्छ,’ महामन्त्री थापाको भनाइ थियो ।

चितवन कांग्रेसका पुराना नेतासमेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए । ‘मैले सुनेको छु स्थानीय तहमा महानगरहरुमा चुनावी तालमेल हुने भयो रे । news parda bata


Last Updated on: March 14th, 2022 at 11:29 am
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया